अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि करिब डेढ अर्ब रकम निकासा

बिआरटीनेपाल २०७६ चैत १९ गते २२:४३ मा प्रकाशित

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म अर्थमन्त्रालयले करिब डेढ अर्ब रकम निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ रकमान्तर स्वीकृत गरिएको छ भने स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो ।

‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ दिइएको छ । सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उद्दार गर्न विभिन्न दातृ निकायले दिन लागेको करिब २२ अर्बको वैदेशिक ऋण स्वीकार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू