अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

बिआरटीनेपाल २०७६ चैत १९ गते २२:३९ मा प्रकाशित

कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार २८ जना संक्रमित पहिचान भएको बेला एकजना नेपाली कामदारमा पनि देखिएको हो। उनको अवस्था स्थिर छ।

कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ। दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउनको लागि नेपाली समुदायलाई आग्रह गरेको छ। कुवेतमा हाल झन्डै ७० हजार नेपाली कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू