अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

युएफा च्याम्पियन्स र युरोपा लिग स्थगित

बिआरटीनेपाल २०७६ चैत १९ गते २२:३७ मा प्रकाशित

युएफा च्याम्पियन्स लिग फुटबलका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । युरोपियन फुटबल महासंघ युएफाका ५५ सदस्य राष्ट्रबीच भएको भिडियो कन्फरेन्सपछि युरोपियन फुटबलमा सम्पूर्ण प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो ।

क्लब फुटबलकमा दुई ठूला प्रतियोगिताहरु युएफा च्याम्पियन्स लिग र युरोपा लिग रोकिएका छन् । युरोकप फुटबल छनौटको प्ले अफ् खेलहरु पछि सारिएको छ भने महिला च्याम्पियन्स लिगका खेलहरु पनि रद्द गरिएका छन् ।

युरोकप फुटबल अर्को वर्ष हुने भएपछि सन् २०२१ का लागि तय भएको महिलाहरुको युरो कप २०२२ का लागि सारिएको छ । इंग्लीश प्रिमियर लिग फुटबलका खेलहरु यसअघि नैं अप्रिल ३० तारिखसम्मको लागि रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू