अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

अमेरिकामा कोरोना जितेर घर फर्केका जीवन बम भन्छन्, “मनमा नकारात्मक सोच कहिल्यै पनि लिनु हुँदैन”

बिआरटीनेपाल २०७६ चैत १९ गते १७:४६ मा प्रकाशित

कोरोना संक्रमण भएर उपचार गरिरहेका जीवन बम कोरोनालाई जितेर घर फर्केका छन् । उनी कोरोना संक्रमण भएर एक हप्ता अघि लङआइल्याण्डस्थित माउन्टसेनाई अस्पतालमा उपचारको लागी गएका थिए । अस्पतालको सफल उपाचारसंगै घर फर्केपछि उनले आफ्नो अनुभव यसरी सुनाएका छन् । ‘ म ज्याक्सनहाइटमा व्यवसाय गर्ने बेला बैक र पसलतिर आवतजावत गदै आएका थिए । एक्कासि १६ दिन अघि मलाई ज्वरो आयो । मैले खासै ख्याल गरेको थिएन ।

भोलिपल्ट झन् ज्वरो बडन थालेपछि नजिकको इमर्जेन्सी केयरमा उपचारको लागी गए । त्यहाँबाट ज्वरो कम हुने औषधी खाएर ज्वरो अलि कम भयो । भोलिपल्ट झन् बडन थाल्यो । जीउ पनि दुख्न थाल्यो । सुक्खा खोकी लाग्नुको साथै बिस्तारै सास फेर्न कठिनाइ हुन थाल्यो । ज्वरोले च्यापिएर बोल्दा दम बडने, खोकी लाग्ने श्वास फेर्न नसकिने जस्तो हुन थालेको थियो । निकै ज्वरो आउने चिटचिट पसिना आउन थालेर श्वासप्रश्वासमा समस्या हुन थालेपछि अस्पताल गए । आफू बस्ने ठाउँबाट अस्पताल १० माइन मात्र टाढा थियो । शरीर पुरै शिथिल भए पनि आत्मविश्वास बलियो भएकोले त्यतिखेर आफै गाडी लिएर अस्पताल गए । अस्पतालको इमर्जेन्सी पार्कमा पुगेवितिकै त्यही अस्पतालमा कार्यरत श्रीमतीलाई फोन गरेर तल बोलाए । गाडीबाट निस्केको बित्तिकै मलाई चेकआप गर्न तिर लग्यो ।

त्यतिखेर चिकित्सकले सोधेको कतिपय प्रश्नको उत्तर दिन मलाई निकै कठिन भइरहेको थियो । बोल्न सकिरहेको थिएन । अस्पतालको उपचारको क्रममा स्वास्थ्य स्थितिमा सुधार आउन थालेपछि आफू कोरोना सङ्क्रमित भएको सार्वजनिक गरे । धेरैले चासो र चिन्ता व्यक्त गरेको पायो । आफ्नो आत्मबल बलियोसँगै अस्पतालको राम्रो उपचारले मैले कोरोनालाई जितेर घर फर्केको छु ’ । म कोरोनाबाट यसरी जिते । तपाइहरू पनि सबभन्दा पहिला होसियार हुनुपर्छ । यदि परिवारमा कसैलाई भएमा आइसुलेनमा बस्नु पर्छ । होस या नहोस् दुईचार दिन अलगै बस्नु पर्छ । कोरोना लागेको हामी कसैलाई थाहा हुँदैन । धेरै ज्वरो आएमा नजिकको इमर्जेन्सी केयरमा जाने । त्यो पनि इमरजेन्सी केयरको रेटिङ हेरेर जानु पर्छ ।

यतिखेर जता सुकै धेरै बिरामीको चाप भएकोमा सिकिस्त नभएसम्म अस्पतालमा जानु हुँदैन । यो रोग जो कसैलाई पनि लाग्न सक्छ । यदि लागेमा कसैले पनि लुकाउनु हुँदैन । लुकाएमा आफू पनि नबाच्ने अरूलाई पनि बचाउन सक्दैन । यो रोग लागेको बित्तिकै र अस्पतालमा उपचार गर्दा मनमा १ प्रतिशत पनि आफू मर्छ की भनेर कहिल्यै पनि सोच्नु हुँदैन । आफ्नो दिमागलाई सकारात्मक सोचको साथ कोरोनालाई जित्छु भनेर सोच्नु पर्छ । उपचारको क्रममा कोरोना सम्बन्धित समाचारहरू हेदै हेर्नु हुँदैन । जहिले पनि सकारात्मक समाचारहरू मात्र हेर्ने गर्नुपर्छ ।

एभरेष्टटाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू