अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

कोरोना प्रकरण– ओम्नी समूहसँग गरेको सरकारी सम्झौता रद्द, कालो सूचीमा राखिने

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:५१ मा प्रकाशित

सरकारले कोरोनाभाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको बताएको छ । स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा जानकारी गराइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सोही मिडिया ब्रिफिङमा सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको बताउनुभयो । महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा जनाएअनुार सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसकेको र उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन नसकेको जनाईएको छ । ओम्नीले अहिले १० प्रतिशत मात्रै सामना ल्याएको छ।

महानिर्देशक श्रेष्ठले यो समूहले १८ प्रतिशत सामान मात्रै ल्याएको र बाँकी ल्याउन सक्ने कुनै सम्भावना नदेखिएको र प्रतिवद्धता पनि नआएको बताउनुभयो । उहाँले बिहीबार नयाँ प्रक्रिया शुरु गरेर पाँच दिनभित्र ल्याउन सक्नेलाई दिने पनि बताउनुभयो ।

विभागका महानिर्देशक श्रेष्ठले नयाँ खरिद प्रक्रिया तीन दिन मात्र समय दिएर भोलि आह्वान गर्ने निर्णय भएको उल्लेख गर्दैसस्तोमा सामान ल्याउन सक्ने सप्लायर्सहरुलाई निवेदन दिन पनि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू