अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

पोखरामा असिना पानी, तरकारी र फलफुल बालीमा क्षति

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:४८ मा प्रकाशित

पोखरामा बुधवार अपरान्ह असीना पानी परेको छ । असिना पानीले करोडौको तरकारी र फलफुल खेतीमा क्षति पुगेको छ । असिना पानीको कारण पोखरा र यस आसपासका क्षेत्रमा लहरे खेती, गहुँ बाली, फुलेको फलफुल, तरकारी लगायतका अन्नबालीमा क्षति पुगेको हो ।

लगातारको असिना पानीले मोटरसाइकल र गाडीका ऐनाका सिसा समेत फुटेका छन् भने सडक समेत जलमग्न हुँदा आवतजावतमा समस्था उत्पन्न भएको थियो । असिना पानीले पोखराको निर्मलपोखरी, कृस्ती, छोरेपाटन, विरौटा, मासबार लगाएतका क्षेत्रमा बढी क्षति भएको बताईएको छ ।

किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, फर्सी, करेला, लौका, बोडी, गोलभेँडाका विरुवा नष्ट गर्नुको साथै असिना पानीले सुन्तला, लिचि, एभोगाडो लगातका फलफुलका फुलहरु झारेर नष्ट गरेको छ ।

असीनापानीले गरेको क्षतिको तथ्याङ्क संकलन भई नसकेको भएपनि करोडौ रुपैयाँ मूल्य बरावरको तरकारी र फलफुल खेती नष्ट भएको अनुमान गरिएको छ । यसअघि, एक महिना पहिला परेको असिना पानीले पनि पोखरामा करिब ६ करोडको तरकारी र अन्नबालीमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू