अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

भारतको धार्मिक जमातबाट फर्किएका ६ जनालाई क्वारेन्टाइनमा पठाइयो

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:४५ मा प्रकाशित

भारतमा आयोजना गरिएको धार्मिक जमातमा सहभागी भएर घर फर्किएका ६ जनालाई बुधबार सप्तरी प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ । मंगलवार मध्येराति घर फर्किएका उनीहरुले स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा पुगेको नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहरुलाई राजविराज नगरपालिकाकै विभिन्न वडाबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले भारतबाट आएका थप केही व्यक्तिको खोजी कार्य भईरहेको बताउनुभएको छ ।

भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै त्यहाँ सहभागी सबैको स्वास्थ्य उच्च जोखिममा रहेकाले जमातबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमै बस्न उहाँले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू