अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कायो

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:४२ मा प्रकाशित

कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपछि नेपालमा अलपत्र परेका विदेशी र नेपाली मूलका अष्ट्रेलियन नागरिकलाई नेपाल एअरलाइन्सको विमान चार्टर गरेर बुधबार अष्ट्रेलिया लगिएको छ ।

अष्ट्रेलियन दूतावासले विवरण संकलन गरेर २५० जनालाई लगिएको हो । जसमा ७० जना नेपाली मूलका रहेका छन् । हामीसित कुरा गर्दै नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले ठूलो पहल गरेर नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको जानकारी दिनुभयो ।

यसअघि, फ्रान्स, जर्मनी र अमेरिकाले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू