अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना भाइरस रोकथामका लागि १ करोड ५० लाख सहयोग

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:४१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५०
लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गरेको हो ।

लकडाउनको विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको पनि बताएको छ ।

सातैवटा प्रदेश सरकारद्वारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु खोलिएका र ति खातामा ऋयललभअत क्ष्एक्, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।

१. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर

२. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर

३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा

४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक

५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल

६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत

७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू