अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०/१० रुपैयाँ घट्यो

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:३८ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ।  यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आइरहेको थियो।

त्यसैगरी डिजेल र मट्टितेलको खुद्रा मूल्य पनि १०/१० रूपैयाँ घटाइएको छ। डिजेल र मट्टितेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ। यसअघि पनि पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू