अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

स्वास्थ्य समाग्री खरिदमा अनियमितता भएको आशंका, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:३० मा प्रकाशित

स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा वागमती प्रदेशसभा सदस्य रमेश पौडेलले आज मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनुभएको हो । बजारको मुख्यभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिनुभएको हो ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका ¥यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिनुभएको हो । पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभयो । सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्यापिड टेस्टिङ किट अहिले गोदाममा थन्किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू