अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

विहिवारबाट देशभरका विपन्नलाई राहत वितरण गरिने

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:४४ मा प्रकाशित

सरकारले तीन दिनभित्र विपन्न नागरिकलाई खाद्यान्य वितरण गरीसक्ने भएको छ । कोरोना भाइरस रोकथामको लागि चैत २५ गतेसम्म लकडाउन गरेपछि सरकारले मजदुर तथा गरिब दुःखीलाई दिने राहत तीन दिन भित्रै वितरण गर्ने जनाएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले तीन दिनभित्र स्थानीय तहलाई राहत वितरण शुरु गर्नेगरी कार्ययोजना तयार पारेको छ । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बनेको समितिले बनाएको कार्ययोजनाअनुसार तीन दिनभित्र पालिकाहरुले यस्तो दाल, चामल, चिनी, नुन तेललगायतका खाद्यान्न वितरण थाल्नुपर्नेछ ।

यस्तै अरुको सहारामा बाँच्नुपरेका, वृद्धाश्रम र बालगृहमा रहेका बालबालिकालाई लकडाउनु अवधिभरी पुग्नेगरी खाद्यान्नको साथमा वडा कार्यालयले थप राहत दिन सक्नेछ । यसरी राहत दिँदा परिचयपत्रको आधारमा दिने, अनियमितता हुन नदिन राहत लिनेको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाउनुपर्नेछ ।

खान पुग्ने आय भएका र राहत जरुरी नभएकाले राहत लिएको पाइएमा बजार मूल्यअनुसार पैसा असुल गर्ने र प्रमाणीत गर्ने सदस्यलाई पनि कारबाही हुने भएको छ । राहत वितरणको लागि पालिकाले कोष खडा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू