अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

एसियामा कोरोना भाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक– विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:४३ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताउनुभएको छ । कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिनुभएको छ ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उहाँले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिनुभयो । चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो ।

चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आएपनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने क्रममा रहेको छ । चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शुन्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू