अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

कोरोना प्रभाव– दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित हुँदै

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:४१ मा प्रकाशित

यस वर्षको विम्बल्डन– २०२० स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ र यसका लागि त्यससँग सम्बन्धित आयोजक पक्षबीच छलफल चलिरहेको छ । अबको केही घन्टामा यसबारे निर्णय आउने विश्वास गरिएको छ । प्रतियोगिताको आयोजक अल इंग्ल्यान्ड क्लबले स्थगित गर्नेबारे अहिलेसम्म निर्णय नभएपछि यसबारे छलफल भइरहेको छ ।

दोस्रो विश्व युद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको छैन । तर कोरोना भाइरसको संक्रमणको कारण यसपल्ट स्थगित हुने स्थिति सिर्जना भएको हो ।तय कार्यक्रमअनुसार प्रतियोगिता जुन २९ बाट सुरु हुनु पर्ने हो । अर्को ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपन यसअघि नै चार महिनाका लागि पछाडि सार्ने निर्णय भइसकेको छ ।

आयोजक क्लबले प्रतियोगिताको भविष्यबारे इंग्ल्यान्डको लन टेनिस संघ, व्यवसायिक टेनिसको संघ र महिला टेनिस संघसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू