अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

भारतमा कोरोना संक्रमण भित्रभित्र फैलिरहेको चिन्ता – संक्रमित १४ सय हाराहारी, ३५ को मृत्यु

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:३९ मा प्रकाशित

भारतमा कोरोना संक्रमणको दर बढिरहेको छ । पछिल्लो एकै दिन त्यहाँ १४६ नयाँ संक्रमित फेला परेसँगै कुल संक्रमितको संख्या १ हजार ३९७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतभरि कुल ३५ जनाको मृत्यु भएको छ । जसमा मंगलबार मात्र ३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १२३ जना पूर्णरूपमा निको भइसकेका छन् । बाँकी १ हजार २३८ जनामा कोरोना भाइरसक सक्रिय देखिएको छ । भारतमा लकडाउनका बीच पनि भीडभाडमुक्त भने भएको छैन । विज्ञहरूले भित्रभित्र संक्रमण फैलिरहेको हुनसक्ने बताएका छन् । डा. एसके सरीनका अनुसार विश्वको बाँकी मुलुकको तुलनामा भारतमा भर्खरै कोरोना संक्रमणको शुरु भएको छ र आउँदा केही हप्ताहरूमा संक्रमणा तीव्र हुन सक्छ ।

दिल्लीको निजामुद्दीन इलाकामा उनले कोरोना भाइरसका लक्षणहरुमा धेरै मानिसहरुमा एकसाथ भेटिएको र केही व्यक्तिको मृत्यु भएकोप्रति डा सरिनको चिन्ता छ । उनको विश्वास छ कि यदि हामी भाइरस फैलाउने दर नियन्त्रण गर्न सक्दछौं भने यो ठूलो सफलता हुनेछ । यसको लागि लकडाउन, सामाजिक दूरी र सेनिटाइजेसन धेरै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू