अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

गुणस्तर यकिन नभएको भन्दैं सरकारद्वारा चीनबाट ल्याइएका किट प्रयोग नगर्न निर्देशन

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:३४ मा प्रकाशित

गुणस्तरमा आशंका गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी ग्रुपमार्फत चीनबाट झिकाइएको कोभिड—१९ ¥यापिड डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन दिएको छ । यसबाहेक मन्त्रालयले विभिन्न ठाउँबाट व्यक्तिगत तथा निजी संस्थामार्फत ल्याइएको यस्ता किटको प्रयोग पनि निषेध गरेको छ ।

स्वास्थ्य मन्त्रालय स्वयंले १२ चैतमा ओम्नि ग्रुपमार्फत चीनबाट ६ लाख अमेरिकी डलर मुल्य बराबरका ७५ हजार थान र्यापिड डायग्नोष्टिक किट खरीदको सम्झौता गरेको थियो ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्ड विपरीतका किटहरु भित्रिएको सुन्नमा आएका कारण परीक्षण बेगर यसको प्रयोग नगर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

“व्यक्तिगत तथा निजी संस्थामार्फत बाहिरबाट ल्याइएका किटहरुमार्फत पनि कोेभिड–१९ परीक्षण गर्न थालिएको सूचना आएपछि मन्त्रालयले गुणस्तर यकिन नभएका किट प्रयोग नगर्न निर्देशन हो”, कार्कीले भन्नुभयो ।

यसअघि चीनबाट ल्याइन लागिएको किट गुणस्तर यकिन गरेर मात्र ल्याइनुपर्ने नत्र स्पेनको जस्तो दूरावस्था आउन सक्ने भन्दैं विभिन्न संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू