अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

अमेरिकामा कोरोना भाइरस र नेपाली समुदायले भोगी रहेका अनेक समस्याहरू बारेमा अमेरिकी सरकारलाई अनुरोध गरी सकेका छौ: राजदूत कार्की

न्युयोर्कमा कोभिड-१९ बाट उपचार गरी घर फर्केका मोक्तानले भने 'नआत्तिनु र श्वास प्रश्वास भएमा ढिलो नगर्नु'

विजय थापा २०७६ चैत १८ गते १९:२४ मा प्रकाशित

न्युयोर्कमा कोभिड-१९ बाट उपचार गरी घर फर्केका मोक्तानले भने ‘नआत्तिनु र श्वास प्रश्वास भएमा ढिलो नगर्नु’
डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले अमेरिकामा कोरोना भाइरस र नेपाली समुदायले भोगी रहेका अनेक समस्याहरू बारेमा अमेरिकी सरकारलाई अनुरोध गरी सकेको बताएका छन् ।

राजदूत कार्की(विधा वारिधि)को पहलमा अमेरिकामा रहेका नेपाली समुदायका कोरोना भाइरस प्रकोपबाट उत्पन्न समस्या, नेपालबाट अमेरिका भ्रमणमा आएका व्यक्ति तथा पढ्ने बिद्यार्थीहरुका समस्यालाई कसरी सम्बोधन गर्ने र दूतावासले के के र कस्तो भूमिका निर्वाह गर्ने सकिन्छ भन्ने विषयमा समुदायसँग आयोजना गरिएको भिडियो तथा अडियो संवाद प्रणाली अन्तर्गत श्रव्य दृश्य माध्यम अन्तर्गत आज मार्च ३१ का दिन साँझ ५:३० बजे भएको छलफलमा राजदूत कार्कीले उक्त कुरा बताए ।

साथै राष्ट्रपति बिद्या भण्डारीले अमेरिकामा बढ्दै गएको कोरोना भाइरस र यसको संक्रमणबाट प्रभावित भएका नेपाली समुदाय बारेमा नेपालबाटै जानकारी लिनु भएको र चासो देखाउनु भएको राजदूत कार्कीले सबैलाई बताए । राष्ट्रपति भण्डारीले शम्भु मोक्तानको बारेमा पनि जानकारी लिएको राजदूत कार्कीले बताए ।

राजदूत कार्कीले उक्त छलफलमा को भिड-१९ बाट उपचार गरी घर फर्केका शम्भु मोक्तानलाई आमन्त्रित गरेका थिए । मोक्तानले आफ्नो कहानी सङ्क्षेपमा बताउँदै नेपाली समुदायलाई ‘नआत्तिनु र श्वास प्रश्वास भएमा ढिलो नगर्नु’ भनी सुझाव दिएका थिए ।

न्युयोर्कका चित्रकार/भिडियोग्राफर शम्भु मोक्तानले आफूलाई कोरोना भाइरस सङ्क्रमित भएको कुरा सार्वजनिक गरेका थिए । उनले सामान्य ज्वरो आएमा अस्पताल नगए पनि हुन्छ र आत्ती हाल्नु पर्ने कुरा छैन भने ।

उनले अगाडी भने बजारमा सुनिएको जस्तो कोरोना भाइरसको लक्षण नहुने बताए । आफूलाई पहिला शरीर दुख्थ्यो र दुखाई निको हुने ओखती सेवन गर्थे भने । मोक्तानले अस्पताल जानु भन्दा अगाडी विचार गर्न नेपाली समुदायलाई आग्रह गरे । अस्पतालमा ज्यादै भिडभाडले मानिस आत्तिने हुन्छ उनले भने ।

कोरोना भाइरस सङ्क्रमित मुक्त भएका मोक्तानले आफूलाई कुनै पनि कोरोना भाइरसको त्यस्तो लक्षण नभएको र ८-९ दिन पछि अलिकति श्वास प्रश्वासमा समस्या भएको बताए ।

उनले जब आकस्मिक कक्षमा भर्ना भए पछि को भिड-१९ को जाँच र पहिलो पटक नाकबाट नमुना निकालेको बताए । पहिला उनको एक्स-रे र रगत सङ्कलन गरे पछि २ दिनमा घर जान सक्छौ पनि चिकित्सकले भनेको बताए ।

शरीर दुख्दा दुखाई निको हुने ओखती दिने हरेक दिन रगत परीक्षण गरे पछि ५ औ दिनमा खतरामुक्त भएको जानकारी चिकित्सकले दिएको मोक्तानले भने । आफूलाई श्वास प्रश्वास समस्या भए पछि अस्पतालमा एकल रूपमा राखेको जनाए ।

उनले भने उपचारमा उनलाई भिटामिन सी, भिटामिन बि र दुखाई निको हुने दबाइ दिने गरेको उक्त छलफलमा सबैलाई आफूले भोगेको अनुभव सुनाए । गत आइतबार निको भए पछि घरमै पनि आराम गर्न सक्छौ भने पछि आफूले जान्छु भनेको बताएका थिए ।

उनलाई घर हिँड्ने बेलामा स्वास्थ्य नर्सले सबै कुरा को जानकारी भएको सूचना सहितको कागज उनलाई एक प्रति दिएको उनले सबैलाई जानकारी दिए ।

उनलाई जिज्ञासा राख्दा अस्पतालमा कुनै कमजोरी नलागेको बताए । उनले अन्त्यमा कोरोना भाइरस लागेको मान्छेलाई आफू बाचिन्छ कि बाचिँदैन भन्ने सोच्न आउने हुँदा आफूलाई पनि ३०-४० प्रतिशत मर्छु जस्तो लागेको बताए ।

शम्भु मोक्तानले बोले पछि राजदूत कार्कीले नेपाली समुदाय पनि कोरोना भाइरसबाट सङ्क्रमित हुँदै गर्दा नेपाली समुदायद्वारा राजदूतावास प्रति गुनासो समेत आएको सुनिएकोले राजदूतावासको संजालस्थल (वेबसाइट)र आफ्नो सामाजिक सञ्जालमा दूतावासका सबै गतिविधिहरू अध्यावधिक गरी रहेको जनाए ।

विशेष गरी सञ्चार कर्मीहरूलाई ध्यानाकर्षण गराउँदै यस समयमा विशेष भूमिका निर्वाह गर्न आग्रह गरे । सबैलाई राजदूतावास,आफ्नो र सामाजिक सञ्जाल मार्फत समेत आफूलाई कुनै पनि बेला सम्पर्क गर्न सकिने बताए । र आफ्नो निजी सम्पर्क सङ्ख्यामा सहित सम्पर्क गर्न सकिने बताए ।

राजदूत कार्कीले गत मार्च २० शुक्रवारका दिन राजदूतावासले दिई राखेको सेवाहरू मध्ये अति जरुरी बाहेकका ,केही समय पछि लिँदा हुने राजदूतावास सम्बन्धी सेवाहरू पछि सर्न सकिने हकमा सोही अनुसार गर्न अनुरोध गरेका थिए ।

साथै वासिङ्टन डिसी कि नगर प्रमुखले गत मार्च २५ ,१० बजे राती देखि अप्रिल २४ सम्म आदेश जारी गरेकोले राजदूत कार्कीले उक्त समय सम्म अति आवश्यक बाहेकका सम्पूर्ण व्यापार तथा व्यवसाय बन्द गर्ने भनेकोले दूतावास पनि आज्ञा पालन गर्नु परेको जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू