अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

अपडेट: अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३,७८०

बिआरटीनेपाल २०७६ चैत १८ गते १६:४२ मा प्रकाशित

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ८५ हजार २ सय ७०, क्रिटिकल बिरामी ३,९८१
कोलोराडोमा ६९ जनाको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ७ सय ८० पुगेको छ । अमेरिकामा को भिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ८५ हजार २ सय ७० पुगेको छ भने क्रिटिकल बिरामी ३ हजार ९ सय ८१ छन् । कोरोना भाइरसबाट ६ हजार ३ सय ४७ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा बढी को भिड-१९ बाट न्युयोर्कमा मानिसहरू मर्नेको सङ्ख्या १५५० पुगेको छ ।

कोलोराडो डिपार्ट्मेन्ट अफ हेल्थ अनुसार कोलोराडोमा रहेको ५० काउन्टीमा कोरोनामा बिरामी फेला परेका छन । यो समाचार लेखुल्न्जेल सम्म कोलोराडोमा ६९ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २,९६६ छ । ५०९ जना अस्पताल भर्ना भएका छन । अहिले सम्म १६ हजार ८ सय ४९ जनाको परीक्षण गरिएको छ ।

त्यसै गरी क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या १४९, मिसिगनमा २५९, जर्जियामा १०८, न्युजर्सीमा २६७, लुजियानामा २३९, वासिङ्टनमा २१० लगायत अन्य राज्यहरू सहित कुल ३ हजार ७ सय ८० को मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ८ लाख ५७ हजार ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४२ हजार १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ७६ हजार ९०८ जना निको भएर घर फर्किएका छन् । ३२ हजार २८० सिरियस कन्डिसनमा रहेका छन् भने माइल्ड कन्डिसनमा ६ लाख ६ ह्जार १३१ छन । इटलीमा १२ हजार ४ सय २८, चाइनामा ३ हजार ३ सय ५, स्पेनमा ८ हजार ४ सय ६४, फ्रान्समा ३ हजार ५ सय २३ तथा इरानमा २ हजार ८ सय ९८ तथा यु केमा १ हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ ।


कोरोना भाइरस अपडेट: March 31, 2020 4:42 PM (MST)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू