अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

मानवअधिकार आयोगले दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:१४ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट दुई करोड रुपैया सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारलाई फिर्ता गरिएको उक्त रकम कोरोनाभाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्न आग्रह गरेको छ । उक्त भाइरसविरुद्ध प्रभावकारीरुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग र्पुयाउन आयोगले सबै निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेको छ ।

आयोगले सन्त्रास र संकटको यस घडीमा राज्यका सबै निकायको सक्रियता, समन्वय र सहयोगात्मक भावनाको महत्व रहने विश्वास लिएको छ । साथै, आयोगले उक्त भाइरसको संक्रमणबाट बच्न र बचाउन गरिएको सरकारको निर्णयलाई पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू