अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

नेपाल भम्रण वर्ष २०२० खारेज, बैशाखदेखि सचिवालय विघटन हुने

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:१० मा प्रकाशित

नेपाल सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण भम्रण वर्ष खारेज गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । भ्रमण बर्षको खारेजी संगै यसबर्ष सो कार्यक्रम अन्त।रगतका कुनै पनि गतिबिधी नहुने भएका छन् ।

यसअघि फागुन १८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले भम्रण वर्षलाई तत्काल स्थगन गर्ने निर्णय गरेको थियो। ‘यो निर्णयपछि नेपाल सरकारले चैत ९ गते भम्रण वर्ष कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । बैसाख १ गते देखि सुरज वैद्य नेतृत्वको भ्रमण बर्ष सचिवालय पनि बिघटन हुनेछ।

सचिव असधकारकिा अनुसार यो बीचको अवधि कर्मचारीहरुको तलब, भुक्तानी, हिसाबकिताब मिलान तथा बरबुझारथका लागि हो। भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने उहाँले जानकारी दिनुभयो । सरकारले यस वर्ष भम्रण वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सचिवालयले हालसम्म करीब २० करोड रुपैयाँ खर्च गरिसकेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू