अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

कोभिड–१९ का बिरामीको उपचार व्यवस्था मिलाउन निजी सरकारलाई सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:१० मा प्रकाशित

सर्वोच्च अदालतले निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पनि कोरोना संक्रमण (कोभिड–१९)का बिरामीको उपचार व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको उपचार नगरेको र कतिपयले लापरबाही गरेको समाचार आइरहेका बेला सर्वोच्च अदालतले नागरिकको स्वास्थ्यको अधिकारबाट निजी स्वास्थ्य संस्थाहरु जिम्मेवार हुनुपर्ने भन्दै आदेश जारी गरेको हो ।

कानून व्यवसायीहरु पुष्पराज पौडेल र सरोजकृष्ण घिमिरेले दायर गरेको निवेदनमाथिको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले क्षमताको अधिकतम् उपभोग गरी कोभिड–१९ का बिरामीको उपचार गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले संक्रमण फैलने जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारका नाममा आदेश दिएको छ । स्वास्थ्य सेवामा संलग्न चिकित्सिक, परिचारिका, एम्बुलेन्स चालक, सफाई श्रमिक, औषधि उत्पादन अनि वितरण गर्ने काममा संलग्न स्वास्थ्यकर्मीलाई जोगाउन व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था मिलाउन आदेश दिएको हो । अन्य श्रमिक र सुरक्षासम्बन्धी काममा संलग्न व्यक्तिलाई पनि संक्रमणबाट सुरक्षित राख्नु भनी आदेश जारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू