अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

कोरोना रोकथामका लागि स्थानीय तहलाई ६ करोड ५० लाख राहत दिने गण्डकी प्रदेश सरकारको निर्णय

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:०९ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उक्त रकम कोरोना भाइरस रोकथामकालागि प्रयोग गरिने छ ।

मन्त्रीपरिषद्को निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले २ करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले २ करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

उक्त रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू