अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

पाटन र वीर अस्पतालमा मृत्यु भएका दुवैको कोरोना रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:०८ मा प्रकाशित

कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धादिङको खनियाँ गाउँपालिका– ४ का ती ३५ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार मृत्यु भएपछि उनको स्वाब (नमूना) परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्टमा कोरोना भाइरस नेगेटिभ अर्थात् संक्रमण नभएको देखिएको हो ।

मंगलबार उनको रिपोर्ट प्राप्त भएको जनाउँदै पाटन अस्पतालका निर्देशक विष्णु शर्माले कोरोना भाइरसको संक्रमण नदेखिएको बताउनुभएको हो । चैत १३ गते भारतबाट फर्किएका ती पुरूषमा उच्च तापक्रम देखिपछि आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, वीर अस्पतालमा पनि सोमबार उपचारकै क्रममा मृत्यु भएकी एक महिलाको रिपोर्ट पनि कोरोना नेगेटिभ देखिएको छ । काठमाडौँ चन्द्रगिरीस्थित सतुंगलकी ३४ वर्षीया महिलामा निमोनियाको लक्षण देखिएपछि आइतबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएपछि कोरोना संक्रमणको आशंका निवारण गर्न उनको स्वाब पनि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मंगलबार प्राप्त उनको रिपोर्ट पनि कोरोना नेगेटिभ देखिएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू