अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

मुलुकमा अब दैनिक १ हजार जनाको कोभिड– १९ परीक्षण हुने

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:०६ मा प्रकाशित

मुलुकमा अब दैनिक एक हजार जनाको कोरोना (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल संचालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तररोन्नति गर्नुपर्ने स्थानमा पोर्टेबल पीसीआर ल्याब मार्फत परीक्षण सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको कीटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ । अन्य प्रदेशका लागि आइतबार चीनबाट आएका पोर्टेबल ल्याब पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । चीनबाट ल्याइएका पाँच वटै पोर्टेबल पीसीआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

मेसिन गएसँगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जना सम्मको कोविड १९को जाँच हुनसक्ने उहाँको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरोन्नति गरी कोभिड १९ परीक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा पोर्टेबल मेसिनबाट कोविड १९ जाँच सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाँचलाइ तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल पोर्टेबल पीसीआर बाट जाँच सुरु गर्ने तयारी गरेको छ ।

पोर्टेबल पीसीआरबाट परीक्षण सुरु भएसँगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्याबलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी वाग्मती प्रदेशमा काठमाडौ बाहिर हेटाँैडामा रहेको किटजन्य रोग नियन्त्रण केन्दै्रमा रहेको प्रयोगशालाइ प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार नै त्यता गइसकेको खनालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्याबलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ ।

त्यस्तै कणली प्रादेशिक अस्पताल र सुदुर पश्चिम प्रादेशिक अस्पतालमा पनि ल्याब स्तरोन्नति गर्न टोलि खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिनुभयो ।

आइतबारबाट परीक्षण सुरु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिले एक चरणमा १२ जनाको स्वाब परीक्षण गर्न सकिने प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरु खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू