अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

कोभिड १९ विरुद्ध नेपाल सरकारका ३ वटा रणनीति तयार

बिआरटीनेपाल २०७६ चैत १८ गते ७:०१ मा प्रकाशित

नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणविरुद्ध जुध्न सरकारले तीनवटा रणनीति तयार गरेको जनाएको छ । अनिवार्य होम क्वारेन्टाइनमा बस्ने, नमुना परीक्षणको दायर बढाउने, अस्पतालको तयारी र व्यवस्थापनमा ध्यान दिने गरी तीनवटा रणनीति अघि सारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

मन्त्रालयले पहिलो रणनीतिको रूपमा होम क्वारेन्टाइनलाई कडाईका साथ कार्यान्वयन गर्ने र त्यसका लागि स्थानीय निकाय र सुरक्षाकर्मीसँग समन्वय बढाउने भएको छ । प्रवक्ता देवकोटाले आशङ्का गरिएका व्यक्तिको नमुना परीक्षणको दायर बढाउने तयारीलाई दोस्रो रणनीतिको रूपमा लिइएको जानकारी दिनुभयो । मन्त्रालयले तेस्रो रणनीतिको रूपमा अस्पतालको तयारी र व्यवस्थापनलाई अघि सारेको उहाँको भनाइ छ ।

अस्पतालमा ज्वरोको क्लिनिक, आईसीयू, अक्सिजन, आवश्यक जनशक्ति, सुरक्षा सामग्रीको व्यवस्थापनमा जोड दिइएको देवकोटाकले बताउनुभयो । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तयरीय समितिले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि मन्त्रालयका प्रवक्ता देवकोटाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू