अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

यूएईमा ६ जना नेपालीमा कोरोनासङ्क्रमण, दुई जना निको भए

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०८ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ। तीमध्ये दुई जना नेपाली निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार यूएईमा फागुन २६ ९मार्च ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण सोमबारसम्ममा यूएईमा पाँच जनाको ज्यान गएको छ । त्यस्तै ४१ जना नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार दुई जना भारतीय र एक जना फिलिपिनी नागरिकले स्वास्थ्य लाभ गरेका छन् । योसँगै जम्मा ६१ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू