अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

अपडेट: अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २,९६८

बिआरटीनेपाल २०७६ चैत १७ गते १६:२१ मा प्रकाशित

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ६० हजार ८ सय १३, क्रिटिकल बिरामी ३,४०२

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ९ सय ६० पुगेको छ । अमेरिकामा को भिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ६० हजार ८ सय १३ पुगेको छ भने क्रिटिकल बिरामी ३ हजार ४ सय २ छन् । कोरोना भाइरसबाट ५ हजार २ सय ४५ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा बढी को भिड-१९ बाट न्युयोर्कमा मानिसहरू मर्नेको सङ्ख्या १२१८ पुगेको छ ।

कोलोराडो डिपार्ट्मेन्ट अफ हेल्थ अनुसार कोलोराडोमा रहेको ४७ काउन्टीमा कोरोनामा बिरामी फेला परेका छन । यो समाचार लेखुल्न्जेल सम्म कोलोराडोमा ५१ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २,६२७ छ । गत २४ घण्टामा ८८ जना थप गरी ४१४ जना अस्पताल भर्ना भएका छन । अहिले सम्म १५ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको छ ।

त्यसै गरी क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या १४२, मिसिगनमा १८४, जर्जियामा ८७, न्युजर्सीमा १९८, लुजियानामा १८५, वासिङ्टनमा २०२ लगायत अन्य राज्यहरू सहित कुल २ हजार ९ सय ६८ को मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ७ लाख ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३७ हजार ५७८ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ६४ हजार ७२६ जना निको भएर घर फर्किएका छन् । २९ हजार ४८० सिरियस कन्डिसनमा रहेका छन् भने माइल्ड कन्डिसनमा ५ लाख ४९ ह्जार ६५७ छन । इटलीमा ११ हजार ५ सय ९१, चाइनामा ३ हजार ३ सय ४, स्पेनमा ७ हजार ७ सय १६, फ्रान्समा ३ हजार २४ तथा इरानमा २ हजार ७ सय ५७ तथा यु केमा १ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ ।


कोरोना भाइरस अपडेट: March 30, 2020 4:25 PM (MST)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू