अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

कोभिड १९ बाट बच्न स्वस्थ खानपान र जीवनशैली अपनाउन सुझाव

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१८ मा प्रकाशित

कोरोना भाइरस अर्थात् कोभिड १९ बाट बच्नको लागि स्वस्थ खानपान र जीवनशैली अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । आन्तरिक शक्ति अर्थात रोग प्रतिरोधात्मक क्षमता जति बलियो भयो उति नै कोरोना भाइरससँग लड्न सजिलो हुने भएकाले आफूलाई स्वस्थ राख्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका हुन् । उनीहरुका अनुसार आफूलाई स्वस्थ राख्न सन्तुलित खाना र व्यायाममा ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकका अनुसार घरमा नै रहेको साग, पात, गेडागुडी, कोदो, गहँु, फापर जस्ता खानालाई समय मिलाएर खाने, पानी प्रशस्त पिउने तथा आराम गर्ने र आवश्यक व्यायामलाई निरन्तरता दिने हो भने आफूलाइ स्वस्थ राख्न सकिन्छ । घरमा बस्दा आफूलाइ घरभित्रकै काममा व्यस्त राख्ने, सरसफाइमा ध्यान दिने र सन्तुलित आहार खाने गर्दा रोगसँग लड्ने क्षमता बढ्ने बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू