अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

धारचुला सीमामा रोकिए ५ सय नेपाली मजदुर

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१६ मा प्रकाशित

भारतबाट दार्चुला भित्रिएका हजारौं मानिस क्वारेन्टाइनमा नबसेरै गाउँबस्तीमा घुमिरहँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । अहिलेसम्म दार्चुलाका ९ वटै स्थानीय तहमा झण्डै दुई सय मानिस मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

सबै स्थानीय तहले भारत र जिल्ला बाहिरबाट आएकाहरुको तथ्याङक सङ्कलन गरिरहेका छन् । लकडाउन र सीमा नाका बन्द हुँदा भारतको पिथौरागढको विभिन्न ठाउँबाट मजदुरी गरेर फर्किएका ५ सय बढी नेपाली चार दिनयता धारचुलामा रोकिएका छन् । उद्धारको पहल नभएको भन्दै बैतडीको डिलाशैनी गाउँपालिका—१ कोटपेटराका ४८ वर्षिय ईन्द्रराज खत्री लगायत तीन जनाले महाकालीमा पौडी खेलेर दार्चुला आएपछि प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा ट्युब र डुगां तरेर दैनिक मानिसहरु दार्चुला भित्रिरहेको स्थानीयले बताएका छन् । सीमामा रोकिएका नेपालीको उद्धार गर्न पहल भइरहेको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू