अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

एनआरएनए पोर्चुगलद्धारा बेखर्ची नेपालीलाई राहत वितरण

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२४ मा प्रकाशित

विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोजगारी तथा खर्च नभएर समस्यामा परेका नेपालीलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले आपतकालीन राहत वितरण गरेको छ । संघले चामल लगायतका खाद्यान्न वितरण गरेको हो ।

संघले आइतबार पहिलो दिन मात्रै ४५ जना नेपालीलाई राहत वितरण गरेको सहयोग समन्वय समितिका संयोजक विक्रमजंग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार भर्खरमात्रै पोर्चुगल आएका र बेरोजगार नेपालीलाई राहत वितरण गरिएको हो ।

संघले राहतस्वरुप जनही चार केजी चामल, एक लिटर तेल, एक केजी दाल, नुन र पास्ता लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको संघका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरण लिस्वनमा मात्रै नभई आवश्यकताका आधारमा अन्य स्थानमा पनि पुर्याइनेछ । नेपाली समुदायको हितका लागि संघले विपद्का बेला सानो सहयोग ल्याएकोले आन्जुसस्थित कार्यालयमा आएर लैजान कार्यसमिति सदस्य दीपक खत्रीले सबैसँग आग्रह गर्नुभएको छ ।

संघले अल्गार्भ र अलेन्जेजु क्षेत्रीय समितिहरुको सहकार्यमा त्यस क्षेत्रमा समेत राहत वितरणको कार्यक्रम संचालन गर्ने जनाएको छ ।
– छवि बगाले

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू