अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

नेपाल सरकारद्धारा आर्थिक प्याकेज घोषणा

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२० मा प्रकाशित

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय गरेको छ । नेपाल सकार मन्त्रिपरिषद्को पछिल्लो बैठकले देशव्यापी लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो । पहिलो चरणको लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ । यस्तै संक्रमण रोग ऐन आदेशलाई पनि चैत २५ सम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना र अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।

सरकारले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले ग्राहकका लागि सहुलियत प्याकेज घोषणा गरेको छ । चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याज (किस्ता) भुक्तानीका लागि ग्राहकले तीन महिना समय पाएका छन । यसअनुसार चैतसम्म तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क लाग्ने छैन । एक महिना घरभाडामा छुट दिन सरकारले घरवेटीलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू