अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

बेलायतमा कोरोनाबाट २४ घण्टाभित्र बाबु छोरीको मृत्यु, मलामी जाने कोही भएनन्

बिआरटीनेपाल २०७६ चैत १६ गते २१:४६ मा प्रकाशित

एजेन्सी, लन्डन । बेलायतमा कोरोना भाइरस (को भिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबु छोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो।

बुधवार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीय छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो। दुवैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले लेखेको छ। समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्।

‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।’

बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन। विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो।

सुधीर पश्चिमी लन्डनको हन्स्लो निवासी हुन्। उनलाई केही वर्षयता अर्को रोगले समेत सताइरहेको बताइएको छ । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू