अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

राष्ट्रपति ट्रम्पद्वारा थप ३० दिनसम्म घरमै बस्न सिफारिस

विजय थापा २०७६ चैत १६ गते २१:४१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३० दिन सम्म घरमै बस्न सिफारिस गरेका छन् । उनले सङ्घीय सरकारहरूले तयार गरेको घर मै बस्ने मार्गदर्शनलाई विस्तार गर्नुको साथै सिफारिस समेत गरेका छन् ।

राष्ट्रमा कोरोना भाइरसको संक्रमण तीव्र वृद्धि भई रहेको अवस्थामा अर्को ३० दिनलाई उनले घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन मार्फत व्हाइट हाउसको रोज गार्डनमा बोल्दै १५ दिनको म्याद मार्च ३० सोमबारका दिन सकिने हुनाले अर्को ३० दिन समय बढाएका हुन् ।

गत हप्ता उनले इस्टर अगाडी नै खोल्ने भनेका थिए । उक्त कुराको सर्वत्र टिका टिप्पणी भए पछि र उनलाई सुझाव, सल्लाह दिए पछि उनले समय परिवर्तन गरेका हुन् ।

सङ्घीय दिशा निर्देशले वृद्ध व्यक्तिहरू र पहिले देखि नै भई रहेका अवस्था भएका व्यक्तिहरू घर र अन्य व्यक्तिहरूबाट टाढा रहन र सबै अमेरिकीहरूलाई सामाजिक जमघटबाट टाढा रहन, घरबाटै काम गर्न, मध्यशाला र चमेना गृहहरू सफा राख्न सल्लाह र सिफारिस गरेको छ ।

राष्ट्रपति ट्रम्पले दुई स्वास्थ्य बिमाकर्ताहरूले कोरोना भाइरस उपचारको लागी बिरामीहरूको भुक्तानी माफ गर्ने बताए । सिग्ना र हुमना दुवैले आफ्ना ग्राहकहरू मध्ये धेरैलाई कोभिड-१९ हेरचाहको लागि को-पे तथा कोभिड-१९ को जाँच गर्दा लाग्ने छैन । सिग्नाले यस भुक्तानी गरिएको भुक्तानी सोमबार देखि सुरु हुनेछ र मे ३१ सम्म जारी रहने बताएको छ ।

श्रोत: एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू