अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

अपडेट: अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २४५७

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३९ हजार ९ सय ८६, क्रिटिकल बिरामी २,९४८

बिआरटीनेपाल २०७६ चैत १६ गते १६:१४ मा प्रकाशित

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३९ हजार ९ सय ८६, क्रिटिकल बिरामी २,९४८

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ सय ५७ पुगेको छ । अमेरिकामा को भिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३९ हजार ९ सय ८६ पुगेको छ भने क्रिटिकल बिरामी २ हजार ९ सय ४८ छन् । कोरोना भाइरसबाट ४ हजार ४ सय ३५ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा को भिड-१९ बाट न्युयोर्कमा मानिसहरू मर्नेको सङ्ख्या ९६५ पुगेको छ ।

कोलोराडोमा ४७ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २,३०७ छ । कोलोराडोमा गत २४ घण्टामा २४६ जनालाई थप सङ्क्रमित भएको छ । ३२६ जना अस्पताल भर्ना छन् भने अहिले सम्म १४ हजार ४ सय ७० जनाको परीक्षण गरिएको छ ।

त्यसै गरी क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या १२४, मिसिगनमा १३२, जर्जियामा ८०, न्युजर्सीमा १६१, लुजियानामा १५१, वासिङ्टनमा १९४ लगायत अन्य राज्यहरू सहित कुल २ हजार ४ सय ५७ को मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ७ लाख १८ हजार ९२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३३ हजार ९०३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ५० हजार ९१८ जना निको भएर घर फर्किएका छन् । २६ हजार ७४३ सिरियस कन्डिसनमा रहेका छन् । इटलीमा १० हजार ७ सय ७९, चाइनामा ३ हजार ३ सय, स्पेनमा ६ हजार ८ सय २, फ्रान्समा २ हजार ६ सय ६ तथा इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ ।


कोरोना भाइरस अपडेट: March 29, 2020 4:15 PM (MST)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू