अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

बागलुङकी कोभिड १९ प्रभावित युवतीको उपचार जारी, अवस्था सामान्य

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:३४ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक किशोरीलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार थालिएको छ । घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसन वार्डमा हिजो राति नै भर्ना गराएर उपचार थालिएको उनका बुवाले जानकारी दिएका छन् ।

किशोरीको अवस्था सामान्य रहेको र आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकहरूले बताएका छन् । युवतीको उपचारका लागि पोखराबाट पनि उपकरण र औषधि पठाइएको छ । गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरिएको थियो ।

ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षण समेत गर्न उनले आनाकानी गर्दै आएकी थिइन् । नमुना संकलन गरेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बेल्जियममा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू