अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७६ चैत १५ गते २३:४२ मा प्रकाशित

बेलायती महारानी एलिजाबेथलाइ कोरोना संक्रमण भएको छ । बकिङ्हम राजदरबारले उहाँमा संक्रमण रहेको पुष्टि गरेको हो ।

यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी भएकाले उनलाई कोरोना पोजिटिभ देखिनु आश्‍चर्य नभएको इन्डिपेन्डेन्ट डट एनजी ले जनाएको छ ।

बगिङ्‌हम प्यालेसका अनुसार जोन्सनले मार्च ११ मा महारानीसँग भेट गर्नुभएको थियो। यसअघि प्रधानमन्त्री जोन्सनलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ आइसोलेसनमा हुनुहुन्छ ।

दरबारका अनुसार महारानी को स्वास्थ्य अवस्था राम्रो छ । उहालाई सामान्य लक्षणहरु देखिएका छन् । दरबारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “महारानीलाई पनि कोरोना पोजेटिभ संक्रमण देखिएको छ । उहाँ अहिले विन्डसोस क्यासलमा सेल्फ-आइसोलेसनमा हुनुहुन्छ । महारानी र प्रधानमन्त्रीबीच मार्च ११ मा भेट भएको थियो ।”

यसअघि गत बुधबार राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू