अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई अस्पताल भर्ना गरिएको जनाएको छ । शनिवार राति साढे ८ बजेतिर उनलाई बाग्लुङ सदरमुकामस्थित धौलागिरि अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्रालयले संक्रमणको पुष्टि गरेपछि पनि घरमै रहेकी उनलाई कसरी अस्पतालसम्म पुर्याउने भन्नेमा अलमल देखिएको थियो। गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीमा बाग्लुङस्थित घर पुगेको भोलिपल्टबाट हल्का ज्वरो देखिएको थियो। ज्वरो घटेको दुई दिनपछि फेरी उनलाई ज्वरो देखिएपछि परिवार सर्तक बनेको थियो।

युवतीका बाबुले अहिले पनि छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमै क्वारेनटाइनमा राखिएको बताएका छन् । पारिवारिक श्रोतका अनुसार संक्रमति युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू