अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

कोराना प्रभावितहरूलाई विशेष आर्थिक प्याकेज घोषणा गरिने

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१५ मा प्रकाशित

सरकारले कोराना भाइरस प्रभावितहरूलाई विशेष आर्थिक प्याकेज घोषणा गर्ने भएको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने तयारी गरेको हो । क्षति कहाँ र कति पुगेको छ भन्ने अध्ययनका आधारमा सहयोग दिने गरी प्याकेज घोषणा गर्ने सरकारले जनाएको छ । एक मन्त्रीका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट त्यसको घोषणा गर्ने तयारी छ ।

अर्थतन्त्र, रोजगारी र आम नागरिकको दैनिकीलाई सहयोग पुग्नेगरी वित्तीय सहायताको कार्यक्रम घोषणा हुने सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री यागेश भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो । सरकारले १० चैतबाट लकडाउन गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुरलाई सबैभन्दा बढी समस्या परेको छ ।

आर्थिक क्रियाकलाप बन्द हुँदा, निर्माण कार्य रोकिदा मजदुर र ज्यालादारी गर्ने नागरिकको आय गुमेको छ । ग्रामीण क्षेत्रका तुलनामा अहिले सहरका दैनिक ज्यालादारीमा निर्भर र विपन्न नागरिक बढी मर्कामा परेका छन् । लक्ष्य अनुसार खर्च नहुने भएपछि त्यो बजेटलाई कसरी परिचालन गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू