अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

उपभोग्य वस्तु आवश्यक परे वडा कार्यालयमा सम्पर्क गर्न सकिने

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१४ मा प्रकाशित

सरकारले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु आवश्यक परे नजिकको वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । । आवश्यकताका आधारमा वडाले विवरण सङ्कलन गर्ने र उपभोक्ताको घरसम्म आवश्यक सामग्री पुर्याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।

आफ्नो वडा वा पालिकामा रहेका नागरिकलाई खाद्यान्नको आवश्यकता छ भन्ने विषयमा स्थानीय सरकारहरूले विशेष चासो राख्नुपर्ने उहाँले बताउनुभयो । सरकारी कम्पनीहरुले साविकभन्दा अझै थप गरेर विक्री काउन्टर खोलेकोले तोकिएको समयभित्र नागरिकले त्यहाँ गएर पनि खाद्यान्न लिन सक्ने सुवेदीले जानकारी दिनुभयो । उद्योग बार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि जहाँ खाद्यान्न अभाव छ त्यहाँ ततल प¥याउनेगरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

तीन महिना लकडाउन भए पनि अभाव नहुने मन्त्री भट्टले दावी गर्नुभयो । भैरहवामा भाटभटेनीको सुपरमार्केटको भैरहवा शाखाले भने अत्यावश्यक खाद्यान्न घरमै पुर्याउन थालेको छ । उपभोक्ताले फोन गरेपछि भाटभटेनीबाट चामल, दाल, तेल, तरकारीलगायत अत्याश्वक खाद्यान्न साम्रगीको मात्र घरमापुरार्इ दिन थालेको भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू