अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

बिरालोमा पहिलो पटक कोभिड–१९ को संक्रमण भेटियो

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१० मा प्रकाशित

बेल्जियममा एउटा बिरालो कोरोनाभइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका हुन् । बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

हफिङटन पोष्टमा उल्लेख भएको समाचारअनुसार ‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भनेका छन् । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी भने दिईएको छैन ।

विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले कोभिड–१९ को भाइरस सारेको हालसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । भान गाउचले पनि बिरालोले मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू