अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

कोरोना रोकथामका लागि नेपाली सेनाको मोबाइल एप संचालनमा

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:१० मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) को रोकथाम, प्रतिकार र नियन्त्रण अभियान सञ्चालन गरेको नेपाली सेनाले सर्वसाधारणबाट सूचना लिनका लागि मोबाइल एप तयार पारेर प्रयोगमा ल्याएको छ । सर्वसाधारणबाट सूचना लिएर कोरोनाविरुद्ध लड्नका लागि उक्त एप प्रयोगमा ल्याइएको सेनाले जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले ’कोभिड १९ रेस्पोन्स एप– नेपाल’ नामक मोबाइल एप तयार पारी प्रयोगमा ल्याइएको जानकारी दिएको छ । उक्त मोबाइल एप प्रयोग गरेर सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाइमा कोरोनासम्बन्धी कुनै लक्षण देखिएमा विवरण पठाउन मिल्ने सेनाले जनाएको छ। मोबाइल एपमार्फत आधिकारीक सूचना प्रवाह गरिने र कोरोनाबारे फैलिएका अफवाह रोक्ने पनि उसले जानकारी दिएको छ। मोबाइल एपमा आएका सूचना मार्फत बिरामीसँग पहुँच पुर्याउने पनि सेनाले जनाएको छ।

हाललाई एन्ड्रोइड मोबाइलका लागि मात्रै तयार पारिएको उक्त एप केही दिनभित्र एप्पल मोबाइल फोनको लागि पनि तयार पारिने सेनाले जनाएको छ। उक्त एप सेनाको वेबसाइटमा गएर डाउनलोड गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू