अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

गजल

आचार्य प्रभा २०७६ चैत १५ गते २०:४३ मा प्रकाशित

कोही बाध्यताको कहरमा छन् यतिखेर
कोही आक्रान्त त्यो शहरमा छन् यतिखेर ।

के दशा लाग्यो नि संसारभरलाई आज
मानिस दुखको प्रहरमा छन् यतिखेर ।

कस्तो अचम्म छ?अदृश्य शक्तिको हुङ्कार
क्षणमै सिद्धिने जहरमा छन् यतिखेर।

आत्तिए सबै नै बिश्वकै मानवजाती नै
हुन्छ अन्त भन्ने ठहरमा छन् यतिखेर ।

कोही छन् करमा,कर्ममा जानै पर्ने कठै!
कोही भने डुल्ने रहरमा छन् यतिखेर ।