अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

अमेरिकाको न्यूजर्सी राज्यमा ३ महिना सम्म घरको किस्ता ऋण तिर्न छुट अवधि

बिआरटीनेपाल २०७६ चैत १५ गते १७:३० मा प्रकाशित

अमेरिकाको न्यूजर्सी राज्यले ३ महिना (९० दिन) सम्म घरको किस्ता ऋण तिर्न छुट अवधिको घोषणा गरेको छ । कोरोना भाइरसको महामारीमा बेरोजगारीको सङ्ख्या चरम वृद्धि हुँदै गरेको अवस्थामा न्यूजर्सीले उक्त घोषणा गरेको हो ।

न्यूजर्सीका गभर्नर फिल मर्फिले उक्त घोषणा गर्दै कोरोना भाइरसको कारण ऋणीहरूमा आर्थिक प्रभाव परेकोले उक्त घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत केही बैङ्कहरूको नाम चेज बैङ्क, युएस बैङ्क, सिटी बैङ्क, वेल्सफार्गो बैङ्क, बैङ्क अफ अमेरिका लगायत अन्य ४० जना आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरूलाई काम गर्दै गरेको भनी उल्लेख गरेका छन् ।

“यो छुट अवधि कसैको पनि कमाएको रेटिंग डाउन ग्रेड घटाउनको लागि प्रयोग हुन सक्दैन,” न्यूजर्सीका गभर्नर फिल मर्फिले ट्विटरमा भनेका छन् । गभर्नरले ऋण दाताहरूले आफ्ना ग्राहकहरूले ढिलो गरेमा कुनै ढिला शुल्क वा अन्य विलम्ब शुल्क लगाउन पाउने छैनन् भनी जनाएका छन् ।

श्रोत :एनबिसी न्युज

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू