अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

अपडेट: अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २०४७

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४ हजार २ सय ५, क्रिटिकल बिरामी २,४९४

बिआरटीनेपाल २०७६ चैत १५ गते १७:०९ मा प्रकाशित

सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४ हजार २ सय ५, क्रिटिकल बिरामी २,४९४

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४७ पुगेको छ । दुई दिन अगाडिसम्म मर्नेहरूको सङ्ख्या १ हजारको हाराहारीमा भएकोमा आज मर्नेहरूको सङ्ख्या २ हजार कटेको छ ।

अमेरिकामा को भिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख २१ हजार ६६ पुगेको छ भने क्रिटिकल बिरामी २ हजार ६६६ छन् । कोरोना भाइरसबाट ३ हजार २ सय ३१ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा को भिड-१९ बाट न्युयोर्कमा मानिसहरू मर्नेको सङ्ख्या ७२८ पुगेको छ । कोलोराडोमा ४४ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २,०६१ छ । त्यसै गरी क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

यसै गरी मिसिगनमा १११, जर्जियामा ६९, न्युजर्सीमा १४०, लुजियानामा १३७, वासिङ्टनमा १८९ लगायत अन्य राज्यहरू सहित कुल २ हजार ४७ को मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ६ लाख ६० हजार ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३० हजार ६५९ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ४१ हजार ४६४ जना निको भएर घर फर्किएका छन् । २५ हजार ५४४ सिरियस कन्डिसनमा रहेका छन् ।

इटलीमा १० हजार २३, चाइनामा ३ हजार २९५, स्पेनमा ५ हजार ९८२, फ्रान्समा २ हजार ३१४ तथा इरानमा २ हजार ५१७ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस अपडेट: March 28, 2020 5:10 PM  (Mountain Standerd Time)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू