अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १५ गते १६:४० मा प्रकाशित

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । ८६ वर्षीय राजकुमारी टेरेसाको गत शुक्रवार मार्च २७ का दिन मृत्यु भएको बताइएको छ । कोरोना भाइरसको कारण मृत्यु हुने उनी शाही परिवारकी पहिलो सदस्य हुन् ।

राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ । शनिवार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

स्व राजकुमारीले फ्रान्समा अध्ययन गरेकी थिइन भने फ्रान्सको एक विश्वविद्यालय प्राध्यापक भई अध्यापन गराएकी थिइन् । इनेप्लिजबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू