अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

न्युयोर्कबाट आएकालाई विभिन्न राज्यमा हिँडडुल गर्न प्रतिबन्ध

बिआरटीनेपाल २०७६ चैत १५ गते १५:०८ मा प्रकाशित

बोस्टन (एजेन्सी)- अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाई विभिन्न राज्यमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाको टेक्सस, फ्लोरिडा, मेरिल्यान्ड र साउथ क्यारोलाइना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरूले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ ।

अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसंगै न्युर्जसी र सँगै जोडिएका अन्य ठाउँबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् ।

यसरी हिँडडुल गर्न प्रतिबन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने संविधान विपरीत भएको टिप्पणी गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिए पनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको रेखदेख र विवरण सङ्कलन सरकारी अधिकारीहरूले गरिरहेको प्रहरीले जनाएको छ । उनीहरूको अनुसार कतिपय यात्रुहरूले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन् भने, कतिपयलाई आग्रह गर्नुपरेको छ । एभरेष्ट टाइम्स

प्रतिक्रिया