अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

संयुक्त राष्ट्रसङ्घका ८६ कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण

बिआरटीनेपाल २०७६ चैत १५ गते १०:१८ मा प्रकाशित

एजेन्सी । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि भएका हुन् ।

राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसै गरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् । बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ ।

राष्ट्रसङ्घको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । त्यसै गरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसङ्घका कर्मचारीले अहिले नियमित रूपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस् आबाबा र इथियोपिया ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् । एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू