अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २८ हजार नाघे, ६ लाखभन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७६ चैत १५ गते ७:३२ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ। शनिबार साँझ (यो समाचार तयार पार्दा) सम्म कोरोना भाइरसबाट २८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ भने ६ लाख १७ हजार ८४ जनाभन्दा बढी संक्रमित भएका छन्।

चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला संसारभर फैलिएको छ। हालसम्म संयु्क्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। अमेरिकामा हालसम्म १ लाख ४ हजार २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७ सय ४ जनाको मृत्यु भएको छ।

संंक्रमणको हिसाबले अमेरिका सबैभन्दा प्रभावित भएको भएपनि इटाली, स्पेन, चीन, फ्रान्स र इरानमा मृतकको संख्या अमेरिकामा भन्दा धेरै देखिएको छ। मृतकको संख्या हेर्दा इटाली सबैभन्दा बढी प्रभावित मुलुक हो। जहाँ हालसम्म ९ हजार १ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएको पुष्टी भएको छ।

यस्तै चीनमा हालसम्म ८१ हजार ३ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएकोमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ। तर पछिल्ला दिनमा चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको छ। स्पेनमा पनि मृत्यु दर उच्च देखिएको छ। स्पेनमा हालसम्म कोरोनाको संक्रमणबाट ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ भने ६५ हजार ७ सय १९ जना संक्रमित बनेका छन्।

यस्तै जर्मनीमा ५३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३ सय ९५ जनाको मृत्यृु भएको छ। फ्रान्समा १ हजार ९ सय ९५ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ३२ हजारभन्दा बढी संक्रमित बनेका छन्। इरानमा हालसम्म ३२ हजार ३ सय ३२ जनामा कोरोनाको पुष्टि भएको छ जसमध्ये २ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ। चीनबाट सुरु भएको कोरोनाको महामारीको केन्द्र यतिबेला अमेरिका र युरोपेली देशहरु बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू