अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

कोरोनाको महामारी रोकथामका लागि विश्व बैंकले नेपाललाई ३ अर्ब रुपैयाँ ऋण दिने

बिआरटीनेपाल २०७६ चैत १५ गते ७:१० मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप नेपालमा पनि देखिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई तीन अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।

स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो।

स्वास्थ्य मन्त्रालयले उक्त रकम कोरोना भाइरसको जाँचमा आवश्यक पर्ने सामग्रीहरु व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पञ्जा, मास्क, टेस्ट किट लगायतमा खर्च गर्ने जनाएको छ। विश्व बैंकको माग अनुसार स्वास्थ्य मन्त्रालयले ती सामानको सूची अर्थमन्त्रालयलाई पठाउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू