अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

पोखरामा लकडाउनको उल्लंघन गर्नेहरुलाई रंगशाला भलिबल कोर्टमा थुनियो

बिआरटीनेपाल २०७६ चैत १५ गते ६:५४ मा प्रकाशित

पोखरामा लकडाउनको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर रंगशालाको भलिवल कोर्टमा थुनिएको छ । कोरोना भाइरस फैलन नदिन घोषित लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएको आरोपमा शनिबार झन्डै सय जनालाई प्रहरीले तारबारभित्र थुनेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा थुनिएका उनीहरुलाई कास्की प्रहरीले सम्झाईबुझाई गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दान बं कार्कीले माइकमार्फत उनीहरुलाई घर बाहिर निस्कदा कोरोना भाइरस लाग्न सक्ने, अरुलाई संक्रमण सर्न सक्नेलगायत कारण लकडाउन घोषणा गरिएको उल्लेख गर्दै आफ्नै स्वास्थ्यको ख्याल गर्दै घरभित्रै बस्न अनुरोध गर्नुभएको थियो ।

उनीहरुलाई आजै साँझ छोडिएको छ । चारैतिर बार बन्देज रहेको भलिबल कोर्टभित्र थुनिएका उनीहरु एकापसमा नछोइने गरी बसेका थिए । छाडा चौपायालाई कान्जीहाउसमा थुनेजस्तो दृश्य आज पोखरा रंगशालाको भलिबल कोर्टमा देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू